ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b5427321871.jpeg

थियानजिन । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।

भेटका क्रममा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने, व्यापार र लगानीका क्षेत्रहरू विस्तार गर्ने र उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीसँगै पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा लगायतका उच्च अधिकारीहरू पनि भेटमा सहभागी थिए ।


Facebook Comments