नेपालले कतारलाई दुई हात्ती उपहार दिँदै

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b546fba5631.jpg

चितवन । नेपालले चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएका दुई हात्ती कतारलाई उपहार दिने भएको छ । रुद्रकली (७ वर्ष) र खगेन्द्रप्रसाद (६ वर्ष) नामका यी हात्तीहरूलाई दुई महिनाभित्र पठाइने तयारी भइरहेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा. हरिभद्र आचार्यका अनुसार, हात्ती राख्ने खोर निर्माणको काम सुरु भइसकेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपालका लागि कतार राजदूतावासबीच यसको लागि सम्झौता पनि भएको छ ।

यी दुई हात्तीलाई सौराहाबाट खोरसहित ट्रकमा राखेर भैरहवाको लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइनेछ । त्यहाँबाट चार्टर कार्गो विमानमार्फत कतार लगिनेछ । 

नेपालले यसअघि पनि विभिन्न देशलाई गैँडा, घडियाल गोही, ब्वाँसो र चितुवा जस्ता वन्यजन्तुहरू उपहार दिँदै आएको छ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा वि.सं. २०७५ सालमा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो ।


Facebook Comments