रास्वपाका उम्मेदवार थापाको पत्रकार सम्मेलन स्थगित

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b5488675cd3.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि अघि सारेको उम्मेदवार डा. लेखजंग थापाको पत्रकार सम्मेलन स्थगित भएको छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार, आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा राखिएको पत्रकार भेटघाट कार्यक्रम विशेष कारणले अर्को समयका लागि सारिएको हो ।

पत्रकार सम्मेलन स्थगित हुनुको खास कारण खुलाइएको छैन । तर, रास्वपाले हिजो (मङ्गलबार) ९ जना आकांक्षीमध्येबाट थापालाई उम्मेदवार बनाएपछि उनको व्यक्तिगत विषयलाई लिएर सामाजिक सञ्जाल र सञ्चार माध्यममा विभिन्न टीकाटिप्पणी भइरहेका छन् ।

रुपन्देही–३ को रिक्त पदका लागि आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।


Facebook Comments