‘लिपुलेक नेपालकै भूमि, भारत र चीनले चित्त दुखाउनु पर्दैन’

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b54fa0dd1c5.jpg

वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमेकी राष्ट्र भारत र चीनले चित्त दुखाउनु नपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले भारत र चीनबीच नेपालको भूमि लिपुलेकलाई व्यापारिक नाका बनाउने गरी भएको सम्झौताप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको आपत्ति सही भएको बताए ।

गृहमन्त्रीले भने, ‘हाम्रो भूमिलाई हाम्रो हो भन्दा कुनै पनि देशसँग सम्बन्ध बिग्रिनु पर्दैन। यो भूमि हाम्रो हो, र यसमा हामी प्रस्ट छौँ ।’

गृहमन्त्री लेखकले नेपालको भूमि कुनै पनि राष्ट्रका विरुद्धमा प्रयोग हुन नदिने पनि स्पष्ट पारे ।


Facebook Comments