गाउँबस्तीमा गएर सङ्गठन विस्तारमा जुट्न प्रचण्डको निर्देशन

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b5567317469.jpg

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आत्मसमीक्षा गर्दै गाउँबस्तीमा पुगेर जनसम्पर्क र सङ्गठन विस्तारमा लाग्न निर्देशन दिएका छन् ।

पार्टीको सुदूरपश्चिम प्रदेश समिति सचिवालयको बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रचण्डले जनतामाझ पार्टीप्रति विश्वास बढेको भए पनि त्यसलाई सङ्गठनमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।

‘अब सबै नेता–कार्यकर्ताले गाउँबस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ। पार्टीभित्र आत्मसमीक्षा र आलोचना–आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउनुपर्छ,’ उनले भने ।

प्रचण्डले सरकारमा हुँदा गरेका कामहरू र त्यसपछिका अभियानका कारण माओवादीप्रति जनविश्वास बढेको दाबी गरे । उनले सङ्गठन निर्माणलाई अबको मुख्य अभियानको रूपमा लिएर निर्वाचनमा जानुपर्ने आवश्यकता औँल्याए ।

बैठकमा पार्टीका उपमहासचिव तथा सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलले प्रदेशमा पार्टीको भावी रणनीति र सङ्गठनात्मक विस्तारको कार्ययोजना प्रस्तुत गरेका थिए ।


Facebook Comments