ताप्लेजुङमा बाढीले बगायो एस्काभेटर र दुई टिपर


ताप्लेजुङ । गए राति परेको अविरल वर्षा र त्यसपछिको बाढीले काबेली खोलामा रहेको सिनाम पावरहाउसका दुईवटा एस्काभेटर र दुईवटा टिपर बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतका अनुसार, बाढीले बगाएका दुईवटा एस्काभेटर २० मिटर तल डुबेको अवस्थामा फेला परेका छन्, तर दुई टिपर अझै भेटिएका छैनन् । घटनामा कुनै पनि मानवीय क्षति भने भएको छैन ।
यसैगरी, वर्षाका कारण सिरीजङ्घा गाउँपालिका–५ पेदाङमा पहिरो जाँदा हाङमाया थुङ्गिीमको परिवार पूर्णरूपमा विस्थापित भएको छ, भने अन्य पाँच घर जोखिममा परेका छन् ।
सोही गाउँपालिकाको वडा नं ७ मा रहेको महेन्द्र आधारभूत विद्यालयको खेलमैदानमा पनि पहिरोले क्षति पुर्याएको छ । वर्षाले जिल्लाका विभिन्न ठाउँमा पहिरो गएर बर्खे बालीनालीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन् ।
Facebook Comments