नेपाल र बङ्गलादेशबीच मैत्रीपूर्ण फुटबल खेल हुने

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b57b6d090b4.jpg

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा नेपाली राष्ट्रिय फुटबल टोली र बङ्गलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ ।

एन्फाका प्रवक्ता सुरेश शाहले आज आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार, ती दुई खेल यही भदौ २१ र २४ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् । 

बङ्गलादेशी टोली भदौ १८ गते नेपाल आइपुग्नेछ र अभ्यासका लागि नेपाली सेनाको खेल मैदान र च्यासल रङ्गशालाको मैदान प्रयोग गर्नेछ ।

खेल हेर्नका लागि टिकटको मूल्य भीआईपी प्याराफिटका लागि १ हजार रुपैयाँ र साधारण प्याराफिटका लागि ५ सय रुपैयाँ तोकिएको छ ।


Facebook Comments