प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनलाई सम्बोधन

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b5811caf3e8.jpg

थियानजिन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीनको थियानजिनमा जारी शाङ्घाई सहयोग सङ्गठन (एससीओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् ।

उनले आफ्नो सम्बोधनका क्रममा नेपालको हितसँग सम्बन्धित महत्त्वपूर्ण विषयका साथै द्विपक्षीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा आफ्नो धारणा राखेका हुन् ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा पाँचदिने भ्रमणका लागि भदौ १४ गते चीन पुगेका प्रधानमन्त्री ओलीले सम्मेलनमा सहभागी अन्य राष्ट्र तथा सरकार प्रमुखहरूसँग पनि द्विपक्षीय भेटवार्तालाई निरन्तरता दिएका छन् ।

थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि सुरु भएको यो सम्मेलनमा सहभागी सबै राष्ट्रका प्रमुखहरूले पालैपालो सम्बोधन गरिरहेका छन् ।


Facebook Comments