कर्मचारीको अवकाश उमेर बढाउने अडानबाट पछि हट्यो सरकार


काठमाडौं । निजामती कर्मचारीको उमेर ५८ वर्षमै कायम गर्ने गरी विधेयक पारित गर्न सरकार तयार भएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा मंगलबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सो जानकारी दिएकी हुन् ।
विगत तीन दिनदेखि मन्त्री र सत्तारुढ दलका सांसदहरूले मुख्यसचिवसहित केही सचिवको पदावधि एक वर्ष थप्नका लागि विधेयक पारित भएको वर्षदेखि नै अवकाश उमेर ५९ वर्ष कायम गर्नुपर्ने अडान राखेका थिए ।
तर, मन्त्रालयले प्रस्ताव गरेको विधेयक र प्रतिनिधि सभाले पारित गरेको विधेयकमा भने पहिलो वर्ष ५८, दोस्रो वर्ष ५९ र तेस्रो वर्षमा ६० वर्ष अवकाश उमेर कायम गर्ने व्यवस्था गरिएको थियो ।
सरकारको यस निर्णयसँगै कर्मचारीहरूलाई यस वर्ष ५९ वर्षमै अवकाश दिने योजनाबाट सरकार पछि हटेको हो ।
Facebook Comments