सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको २ लाख ५ हजार ९ सय


काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य प्रति तोला २ लाख ५ हजार ९ सय रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो ।
सोमबार प्रति तोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एकै दिनमा ६ सय रुपैयाँले बढेको हो । यसैगरी, चाँदीको मूल्य पनि प्रति तोला १५ रुपैयाँले बढेर २ हजार ४ सय ८५ रुपैयाँ पुगेको छ ।
महासङ्घका पूर्वअध्यक्ष माणिकरत्न शाक्यले यस मूल्यवृद्धि नेपालको आन्तरिक मागका कारण नभई विश्व राजनीति र अर्थतन्त्रमा आएको उतारचढावको परिणाम भएको बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस ३ हजार ४ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Facebook Comments