निजामती सेवा विधेयक विधायन समितिबाट पारित
मेयरसाप डेस्क
|
२०८२ भदौ १७ गते ०९:३२
काठमाडौं । सङ्घीय निजामती सेवा विधेयक राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिबाट पारित भएको छ ।
बिहानैदेखि बसेको समितिको बैठकले विधेयकको मस्यौदालाई पूर्ण रूपमा वाचन गरी प्रतिवेदन पास गरेको हो ।
प्रतिनिधि सभा बैठकबाट असार १४ गते नै पारित भएर राष्ट्रिय सभामा पठाइएको यो विधेयकलाई राष्ट्रिय सभाले थप दफावार छलफलका लागि विधायन समितिमा पठाएको थियो ।
समितिले पारित गरेको यो विधेयक आजै बस्ने राष्ट्रिय सभा बैठकबाट पनि पास गरेर प्रतिनिधि सभामा पठाउने तयारी भइरहेको छ ।
Facebook Comments