मनाङमा हुने उपनिर्वाचनका लागि दल गर्न दर्ता आह्वान


काठमाडौं । निर्वाचन आयोगले मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि दल दर्ताको सूचना जारी गरेको छ ।
आयोगले जारी गरेको सूचनाअनुसार, उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलहरूले भदौ १९ देखि २५ गतेसम्म निर्वाचन प्रयोजनका लागि निवेदन दिन सक्नेछन् ।
निवेदनमा दलको नाम, स्थापना मिति, केन्द्रीय कार्यालयको ठेगाना, टेलिफोन नम्बर र इमेललगायतका विवरण समावेश हुनुपर्नेछ ।
दलको केन्द्रीय कार्यकारिणी समिति र अन्य समितिका पदाधिकारीहरूको विवरण, पछिल्लो वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति, र उपनिर्वाचनका लागि दल दर्ता तथा उम्मेदवार मनोनयनको अधिकार दिने केन्द्रीय समितिको निर्णयको प्रतिलिपि पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ ।
Facebook Comments