चरित्र ह*त्याको आरोपमा एमाले नेता ऐन महरविरुद्ध मुद्दा

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b6ba0bb022f.jpg

काठमाडौं । फेसबुकमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐनबहादुर महरविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीमाथि क्षतिपूर्तिसहितको सजाय माग गरेको छ ।

महरले आफ्नो फेसबुक आईडीबाट लाइभ भिडियोमार्फत महिलालाई ‘मानसिक रोगी’ र ‘चरित्रहीन’ भन्दै गाली गरेको आरोप लागेको छ । पीडित महिलाले महरको अभिव्यक्तिबाट आफ्नो इज्जत र मानसिक स्वास्थ्यमा गम्भीर असर परेको दाबी गरेकी छिन् ।

उनले मानसिक यातनाको क्षतिपूर्ति समेत माग गर्दै उजुरी दिएकी हुन् । ती महिलाले महरबाट आफू बलात्कारको शिकार भएको आरोप लगाउँदै त्यसको समेत जाहेरी दिएकी छन् ।

यता, महरले भने आफूमाथि लागेका सबै आरोप झूटो भएको दाबी गरेका छन्। उनले पीडित महिलाले नै आफ्नो र परिवारको मानहानी गर्दै आएको र पैसा असुल्न खोजेको आरोप लगाएका छन् ।

अभियोग पत्र अदालतमा दर्ता भए पनि महर अदालतमा उपस्थित भएपछि मात्र यस विषयमा थप सुनुवाइ हुनेछ ।


Facebook Comments