डा. गोविन्द केसीले तोडे अनशन

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b6bc9100b09.jpg

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्नो माग पूरा नभए पनि अनशन तोडेका छन् ।

गेटा मेडिकल कलेजमा उपचाररत एक बिरामीको हातबाट जुस पिएर उनले आज दिउँसो २ बजे अनशन अन्त्य गरेका हुन् ।

गत आइतबारदेखि अनशनमा बसेका डा. केसीको स्वास्थ्य बिग्रँदै गएको थियो र चिकित्सकहरूले थप उपचारको सल्लाह दिएका थिए । 

उनले निजी मेडिकल कलेजमा एमबीबीएसको सिट वृद्धि गर्ने चिकित्सा शिक्षा आयोगको निर्णयको विरोध गर्दै सत्याग्रह सुरु गरेका थिए ।

डा. केसीले पछिल्ला निर्णयहरूले शिक्षा र स्वास्थ्य प्रणालीलाई धरापमा पारेको बताउँदै यी मागहरू पूरा नभएसम्म आफ्नो अभियान जारी रहने बताएका छन् ।


Facebook Comments