श्रीमतीको ह*त्या गरी शव गाडेको आरोपमा श्रीमान पक्राउ


अर्घाखाँची । श्रीमतीको हत्या गरी शव लुकाएको अभियोगमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ का किरण गुरुङ पक्राउ परेका छन् ।
उनले करिब एक साताअघि आफ्नी ३४ वर्षीया श्रीमती सुमित्राको हत्या गरेर भान्सा कोठाभित्रै शव गाडेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लका अनुसार छोरी हराएको उजुरी परेपछि प्रहरीले अनुसन्धान गर्दा घरको भान्सामा गाडिएको अवस्थामा सडेको शव फेला परेको थियो ।
प्रारम्भिक सोधपुछमा अभियुक्त गुरुङले घरायसी विवादका कारण आवेशमा आएर श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् ।
गुरुङ प्युठानको नौबहिनी गाउँपालिका–१ का स्थायी बासिन्दा हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments