प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपतिबीच भेटवार्ता

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b6dacd055bc.jpeg

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उपराष्ट्रपति हान चङ्गबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको छ ।

बेइजिङस्थित सरकारी अतिथिगृह देउथाई स्टेट गेष्टहाउसमा भएको भेटमा दुई देशबीचको आपसी हित र सहकार्यका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा चिनियाँ पक्षले द्विपक्षीय कूटनीतिक सम्बन्ध विस्तार र दुवै देशलाई फाइदा हुने परियोजनाहरू अगाडि बढाउने विषयमा छलफल गरेको थियो । प्रधानमन्त्री ओलीले चीनको आमन्त्रण र उच्चस्तरीय भेटवार्ताका लागि चिनियाँ सरकारप्रति आभार व्यक्त गरे ।

नेपाली पक्षले एक चीन नीतिप्रति आफ्नो स्पष्ट अडान दोहोरÞ्याउँदै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको थियो । प्रधानमन्त्री ओलीले शाङ्घाई सहयोग सङ्गठन (एससीओ) बैठक पनि उपलब्धिमूलक भएको धारणा राखेका थिए ।

भेटवार्ताको समापनपछि उपराष्ट्रपति हानले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन थियानजिन सहर पुगेका प्रधानमन्त्री ओली आजै बेइजिङ गएका हुन् ।


Facebook Comments