गाजामा इजरायली आ*क्रमणमा १३ जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b6df63dddb4.jpg

एजेन्सी । गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार, मङ्गलबार राति भएको इजरायली आक्रमणमा अपार्टमेन्ट र आवासीय भवनमा गरी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

प्रवक्ता महमूद बासलले एएफपीलाई जानकारी दिँदै भने, ‘इजरायली लडाकू विमानले दक्षिणपश्चिम गाजा सहरको एउटा आवासीय भवनको माथिल्लो तलामा आक्रमण गर्दा १० जनाको ज्यान गएको छ ।’

उनले इजरायली हेलिकप्टरले सहरको पश्चिममा रहेको अर्को अपार्टमेन्टमा गरेको आक्रमणमा पनि तीन जनाको मृत्यु भएको र धेरै व्यक्ति घाइते भएको बताए ।

इजरायली सेनाले गाजा सहर कब्जा गर्ने तयारी गर्दै आक्रमणलाई तीव्र पारेको र सर्वसाधारणलाई निकासीका लागि चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघको अनुमानअनुसार, गाजा सहर र आसपासको क्षेत्रमा करिब १० लाख मानिस बसोबास गर्छन्, जहाँ हाल अनिकालको अवस्था छ । 

गत अक्टोबर २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणमा करिब १,२१९ जनाको मृत्यु भएको थियो । त्यसको जवाफमा इजरायलले गरेको आक्रमणमा हालसम्म कम्तीमा ६३,५५७ प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन्, जसमध्ये अधिकांश सर्वसाधारण छन् ।


Facebook Comments