प्रधानमन्त्री ओली चीनको विशेष सैनिक ‘परेड’मा सहभागी

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b7e10e4aa8f.jpg

चीन । प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सव विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएका छन् । 
     
सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्रप्रमुख÷सरकारप्रमुखलाई स्वागत गरेका थिए । प्रधानमन्त्री ओली परेड सकिएपछि चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा सरिक भएका छन् ।
 
जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिने सिलसिलामा उनी चीन भ्रमणमा छन् । चीनको औपचारिक भ्रमण सकाएर आजै प्रधानमन्त्री ओली नेपाल फर्कँदै छन् ।


Facebook Comments