नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि अन्तिम सुनुवाइ सुरु

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b7e489bb699.jpg

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि अन्तिम सुनुवाइ सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजलासमा पेसी तोकिएको हो । 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौँमा २ वर्षदेखि विचाराधीन रहेको मुद्दा बुधबारदेखि सुनुवाइका लागि पेसी तोकिएका हो । 

यो प्रकरणमा ३३ जना प्रतिवादी छन् । यो मुद्दामा साक्षी बुझ्ने र बकपत्र गराउने काम सकिएपछि साप्ताहिक पेशी सूचीमा राखिएको छ । जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकालाई ‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार’ देखाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।

पछि केही अभियुक्त उच्च अदालतबाट धरौटी र तारेखमा छुटे । केही भने जिल्ला र उच्चकै फैसला सदर भएर थुनामा छन् । 

 


Facebook Comments