माओवादी पदाधिकारी बैठक: अजम्बर राई स्थायी समिति सदस्यमा नियुक्त
मेयरसाप डेस्क
|
२०८२ भदौ २० गते २२:३४
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्य अजम्बर राई काङमाङलाई स्थायी समिति सदस्यमा नियुक्त गरेको छ ।
बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले यो निर्णय गरेको हो । यो निर्णयसँगै माओवादी केन्द्रको स्थायी समिति अब ४७ सदस्यीय भएको छ ।
यसअघि एकता प्रक्रियामा सामेल भएका गङ्गानारायण श्रेष्ठ र डा. विजय सैंजु पनि स्थायी कमिटी सदस्य बनेका थिए ।
Facebook Comments