नेपाल वायु सेवा निगमको गुल्मी उडान तालिका परिवर्तन
मेयरसाप डेस्क
|
२०८२ भदौ २० गते ०८:२४
गुल्मी । नेपाल वायु सेवा निगमले गुल्मीको रेसुङ्गा विमानस्थलमा आफ्नो हवाई उडान तालिका परिवर्तन गरेको छ ।
यसअघि सातामा चार पटक (आइतबार, मङ्गलबार, बिहीबार र शनिबार) हुँदै आएको उडान अब केही समयका लागि सातामा एक दिन मात्र हुने भएको छ ।
रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले निगमका दुई वटा ट्वीनअटर जहाज ‘ग्राउण्डेड’ भएकाले र एउटा मात्र सञ्चालनमा रहेकाले तालिका परिवर्तन गर्नुपरेको जानकारी दिए । अब बिहीबार मात्रै उडान हुनेछ ।
निगमको १८ सिट क्षमताको ट्वीनअटर जहाजले काठमाडौंबाट बिहान ६ः३० बजे र गुल्मीबाट बिहान ७ः३० बजे उडान भर्नेछ । हालका लागि काठमाडौंदेखि गुल्मीको भाडा ७,५०० रुपैयाँ र गुल्मीदेखि काठमाडौँको भाडा ७,३०० रुपैयाँ निर्धारण गरिएको छ ।
खराब मौसम र बाक्लो हुस्सुका कारण करिब डेढ महिनादेखि यस क्षेत्रको उडान नियमित हुन सकेको थिएन । निगमले २०८० वैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक उडान सुरु गरेको थियो ।
Facebook Comments