रास्वपाले सामाजिक सञ्जाल कम्पनीलाई सोध्यो– नेपालमा सूचीकरण किन नगरेको?

User Image मेयरसाप डेस्क | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ad414a59b3f.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल कम्पनीहरू मेटा (फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप) र युट्युब (गुगल) लाई पत्र पठाएको छ ।

सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि रास्वपाले उनीहरूसँग सूचीकरणबारे जिज्ञासा राखेको हो ।

पार्टीका प्रवक्ता मनिष झाले रास्वपाका सहमहामन्त्री विपिन आचार्यले पठाएको पत्रमा नेपाल सरकारको निर्देशन अनुसार कम्पनी दर्ताका लागि चालिएका कदम र देखिएका कानुनी चुनौतीहरूबारे जानकारी माग गरिएको बताए ।

यसअघि, रास्वपाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोध गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको थियो ।


Facebook Comments