इटहरी उपमहानगरपालिकाको कार्यालय तोडफोड र ढुंगामुढा
मेयरसाप डेस्क
|
२०८२ भदौ २३ गते १८:१२
सुनसरी । जेनजी प्रदर्शनका क्रममा सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय तोडफोड र ढुंगामुढा भएको छ ।
प्रदर्शनकारीले उपमहानगरपालिकाको कार्यालय तोडफोड र ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास हानेको छ । सोक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
विराटनगर महानगरमा पनि प्रदर्शनकारी प्रहरीको ब्यारिगेट ढालेर अघि बढेका छन् ।
Facebook Comments