जेनजी आन्दोलनका क्रममा ५ जना प्रदर्शनकारीको मृ*त्यु
मेयरसाप डेस्क
|
२०८२ भदौ २३ गते १०:२१
काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच जना पुगेको छ । आन्दोलन नियन्त्रणबाहिर भएपछि प्रहरीले गोली चलाउँदा ५ जनाको मृत्यु भएको हो ।
सिभिल अस्पतालमा उपचारका क्रममा दुई घाइतेको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का एक प्रदर्शनकारी संसद भवनको गेटमै गोली लागेर मृत्यु भएको छ । मृत्यु हुनेहरुको पहिचान खुलेको छैन ।
प्रहरीको गोली लागेर अन्य कयौं घाइते भएका छन् । घाइतेहरुको सिभिल अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
Facebook Comments