रुपन्देहीमा बालकृष्ण खाँणको घरमा ढुंंगामुढा, कांग्रेस र एमालेको पार्टी कार्यालय तोडफोड


रुपन्देही । जेनजी समूहले रुपन्देहीमा पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको घर तोडफोड गरेका छन् । प्रदर्शनका क्रममा उनीहरुले खाँणको घरमा ढुंंगामुढा गरेर तोडफोड गरेका हुन् । प्रदर्शनकारीको ढुंगामुढाबाट खाँणको घरको मूल गेटमा क्षति पुगेको र घरका केही सिसाहरु फुटेको रुपन्देही प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीले कांग्रेस रुपन्देही र एमाले रुपन्देहीको पार्टी कार्यालयमा पनि तोडफोड गरेका छन् । कार्यालय परिसरमा रहेका दुई गाडी र चार मोटरसाइकलमा तोडफोड गर्नुका साथै चार वटा मोटरसाइकलका हेलमेट लुटेर लगेको कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँणले जानकारी दिए ।
यसैगरी एमाले जिल्ला कार्यालयमा पनि तोडफोड गरेको बताइएको छ । सोमबार बिहानदेखि सुरु गरेको आन्दोलन अराजक बन्दै गएपछि रुपन्देहीमा कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार दिउँसो ४ बजेदेखि राती १० बजेसम्म लाई कर्फ्यु आदेश जारी गरेको हो।
Facebook Comments