जेनजी प्रदर्शनकारीले कारागारबाट रवि लामिछानेलाई बाहिर निकाले

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bffcaacbb67.jpg

काठमाडौं । ‘जेनजी’ आन्दोलनका प्रदर्शनकारीहरूले नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बाहिर निकालेका छन् ।

मंगलबार दिउँसो भएको यस घटनामा प्रदर्शनकारीहरूको समूहले ढुंगामुढा गरेपछि कारागार प्रशासनले सुरक्षा जोखिमका कारण लामिछानेलाई छाडिदिएको हो ।

नख्खु कारागारका प्रमुख सत्यराज जोशीले अन्य कैदीहरूको सुरक्षाका लागि लामिछानेलाई छाड्नुपरेको बताएका छन् । लामिछाने सहकारी बचत अपचलन मुद्दामा कारागारमा थिए ।


Facebook Comments