कालिमाटीमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृ*त्यु


काठमाडौं । काठमाडौंको कालिमाटी चोकमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
’जेनजी’ युवाहरूले गरिरहेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि प्रहरीले गोली चलाएको थियो ।
एक प्रत्यक्षदर्शीका अनुसार, दुई युवालाई टाउकोमा गोली लागेको थियो । यो घटनाले जारी आन्दोलनमा भएको मानवीय क्षतिलाई थप बढाएको छ ।
Facebook Comments