संविधानको मर्म अनुसार निकास खोज्नुस् : पूर्वराष्ट्रपति भण्डारी
मेयरसाप डेस्क
|
२०८२ भदौ २६ गते ००:३१
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान राजनीतिक संकटको समाधानका लागि संविधानको भावना र मर्मलाई आत्मसात गर्दै पहल गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेकी छन् ।
बुधबार एक वक्तव्य जारी गर्दै उनले प्रधानमन्त्रीको राजीनामापछि अहिले सरकार कामचलाउ अवस्थामा रहेको भए पनि राष्ट्रपति र संसद् जस्ता संस्थाहरू कायम रहेको बताएकी छन् ।
भण्डारीले राष्ट्रपति र प्रतिनिधिसभाका सभामुखको समन्वयमा वैधानिक प्रक्रियाबाटै अर्को मन्त्रिपरिषद् गठनको पहल गर्नुपर्ने धारणा राखेकी छन् । उनले जेनजी आन्दोलनकारीको माग र चाहनालाई गम्भीरतापूर्वक ध्यान दिन पनि आग्रह गरेकी छन् ।
‘संविधानभित्रबाटै वर्तमान राजनीतिक समस्याको समाधान निकाल्नु पर्दछ’, भण्डारीले वक्तव्यमा उल्लेख गरेकी छन् ।
Facebook Comments