देशका महत्त्वपूर्ण संरचना जले, अब संविधान नजलोस् : सभापति खतिवडा

User Image मेयरसाप डेस्क | २०८२ भदौ २६ गते ०५:५६
Image of https://mayorsap.com/storage/photos/10/68c2ba4dc40c0.jpg

काठमाडौं । संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले अहिलेको संकटपूर्ण अवस्थामा संविधानको परिधिभित्र रहेरै सरकार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । 

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले देशका थुप्रै महत्त्वपूर्ण संरचनाहरू जलेकोमा चिन्ता व्यक्त गरेका छन् ।

खतिवडाले भनेका छन्, ‘संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास जस्ता धेरै संरचना जले । अब देशमा भएको संविधान नजलोस्, नेपाल नजलोस्। संविधान अनुसार सरकार बनोस् ।’

उनले भदौ २३ र २४ गते भएका घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि माग गरेका छन् ।


Facebook Comments