पहिरोले मध्यपहाडी लोकमार्गको लमजुङ सडकखण्ड अवरुद्ध

User Image मेयरसाप डेस्क | २०८२ भदौ २६ गते ०४:५४
Image of https://mayorsap.com/storage/photos/10/68c2bdf394ce9.jpg

लमजुङ । वर्षासँगै आएको पहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ सडकखण्ड अवरुद्ध भएको छ ।

आज बिहान मध्यनेपाल नगरपालिका–१०, बिमिरेभन्ज्याङमा सडक माथिबाट खसेको ठूलो पहिरोले गर्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।

जिल्ला प्रशासन कार्यालयका कर्मचारी सागर अधिकारीले पहिरोका कारण पोखराबाट बेँसीसहर आउँदै गरेका आफूसहित अन्य यात्रुहरू बाटोमै अलपत्र परेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराका अनुसार, पहिरो हटाएर सडक खुलाउन समन्वय भइरहेको छ ।

तर, ठूलो पहिरो खसेकाले सडक सञ्चालनमा आउन केही समय लाग्ने उनले जानकारी दिएका छन् ।


Facebook Comments