‘जेनजी’ प्रदर्शनमा मृ*त्यु हुनेको सङ्ख्या ५१ पुग्यो

User Image मेयरसाप डेस्क | २०८२ भदौ २७ गते १७:४९
Image of https://mayorsap.com/storage/photos/10/68c3d15b4ee5e.jpg

काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा देशभरि ५१ जनाको मृत्यु भएको नेपाल प्रहरीले पुष्टि गरेको छ । प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले दिएको जानकारीअनुसार, ज्यान गुमाउनेहरूमा प्रदर्शनकारी र प्रहरी दुवै छन् ।

प्रहरीको बल प्रयोगबाट २१ जना प्रदर्शनकारीको मृत्यु भएको छ । यस्तै, प्रदर्शनकारीहरूसँगको झडपमा प्रहरी वृत्त महाराजगञ्जका दुई जना र प्रभाग कोटेश्वरका एक जना गरी तीन जना प्रहरीको पनि ज्यान गएको छ ।

मृत्यु हुने अन्य १८ जना भने प्रदर्शनका क्रममा भएको आगजनी, भागदौड र करेन्ट लागेर ज्यान गुमाएका हुन् । प्रहरीले मृतकहरूको पहिचान खुलाउने प्रयास गरिरहेको डीआईजी घिमिरेले बताएका छन् ।


Facebook Comments