‘जेनजी’ आन्दोलनका मृ*तकको श*व परिवारलाई हस्तान्तरण गरिँदै

User Image मेयरसाप डेस्क | २०८२ भदौ २७ गते १४:४९
Image of https://mayorsap.com/storage/photos/10/68c3d6efe84ae.jpg

काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका ५१ जनाको शव परिवारलाई हस्तान्तरण गर्न थालिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेले दिएको जानकारी अनुसार, शवहरूको पोस्टमार्टम महाराजगञ्जस्थित मेडिकल क्याम्पसमा गरेर सम्बन्धित परिवारलाई बुझाइँदै छ ।

प्रहरीका अनुसार, आन्दोलनका क्रममा भएको झडपमा तीन जना प्रहरीको पनि मृत्यु भएको छ । प्रहरी वृत्त महाराजगञ्जका दुई जना र कोटेश्वर प्रभागका एक जनाको मृत्यु पुष्टि भएको हो ।

प्रहरीको बल प्रयोगबाट २१ जना प्रदर्शनकारीको ज्यान गएको डीआईजी घिमिरेले बताए । यस्तै, आन्दोलनका क्रममा भएको आगजनी, भागदौड र करेन्ट लागेर थप १८ जनाको मृत्यु भएको छ ।


Facebook Comments