सवारी चालक अनुमति पत्र र दर्तासम्बन्धी सेवा अनिश्चितकालीन बन्द

User Image मेयरसाप डेस्क | २०८२ असोज १० गते ०४:५१
Image of https://mayorsap.com/storage/photos/10/68d65b7007a78.jpeg

काठमाडौं । जेनजी आन्दोलनका कारण यातायात व्यवस्था विभाग को डाटा सेन्टरमा आगजनी भएपछि विभागले सञ्चालन गर्दै आएको सवारी चालक अनुमति पत्र (ईडीएल) र सवारी दर्ता (ईभीआरएस) सम्बन्धी सम्पूर्ण सेवाहरू अनिश्चितकालका लागि बन्द गरेको छ ।

विभागले शुक्रबार सूचना जारी गर्दै भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा मीनभवनस्थित डाटा सेन्टरमा क्षति पुगेकाले प्रणाली सञ्चालनमा समस्या आएको उल्लेख गरेको छ ।

सर्भर मर्मत सम्भारको काम भइरहेकाले अर्को सूचना प्रकाशित नभएसम्म चालक अनुमति पत्र र सवारी दर्तासम्बन्धी अनलाइन सेवाहरू उपलब्ध नहुने विभागले जनाएको छ । मर्मत कार्य सम्पन्न भएपछि मात्र सेवाहरू सुचारु हुनेछन् ।


Facebook Comments