प्रधानमन्त्री कार्कीका नाममा सामाजिक सञ्जाल छैनन्, भ्रममा नपर्न आग्रह

User Image मेयरसाप डेस्क | २०८२ असोज १० गते २१:५२
Image of https://mayorsap.com/storage/photos/10/68d6728abcd94.jpg

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नाममा कुनै पनि आधिकारिक सामाजिक सञ्जाल (फेसबुक÷ट्वीटर) नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्पष्ट पारेको छ ।

कार्यालयका प्रवक्ता रविलाल शर्माले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको नाम जोडेर नक्कली आईडी बनाई समाचार तथा पोस्टहरू भइरहेको पाइएकाले त्यस्तो भ्रममा नपर्न सबैमा आग्रह गरेका छन् ।

प्रधानमन्त्री कार्यालयले यस किसिमको गैरकानुनी कार्य गर्ने व्यक्तिहरूलाई प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरेको छ ।


Facebook Comments