पाँचथरका बाढी-पहिरो प्रभावितलाई ५२ लाख बराबरको राहत सामग्री सहयोग
फालेलुङलाई ३६ लाख र फिदिमलाई १६ लाख ५० हजार बराबरको राहत सामग्री उपलब्ध गराइएको हेल्भेटास नेपालकी कोपिला दाहालले जानकारी दिइन् । ‘हामीले स्थानीय सरकारलाई राहत उपलब्ध गराएका छौँ,’दाहालले भनिन् ‘स्थानीय सरकारले बाढीपहिरो प्रभावितलाई राहत प्रदान गर्नेछ ।’


काठमाडौँ
असोज २४ गते,
पाँचथरका दुईवटा गाउँपालिकाका बाढी पहिरो प्रभावितलाई हेल्भेटास नेपालले ५२ लाख बढीको राहत सामग्री उपलब्ध गराएको छ । हेल्भेटास र स्वीस सरकारले संयुक्त रुपमा फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकालाई ५२ लाख ५० हजार बराबरको राहत सामग्री प्रदान गरेको हो ।
फालेलुङलाई ३६ लाख र फिदिमलाई १६ लाख ५० हजार बराबरको राहत सामग्री उपलब्ध गराइएको हेल्भेटास नेपालकी कोपिला दाहालले जानकारी दिइन् । ‘हामीले स्थानीय सरकारलाई राहत उपलब्ध गराएका छौँ,’दाहालले भनिन् ‘स्थानीय सरकारले बाढीपहिरो प्रभावितलाई राहत प्रदान गर्नेछ ।’
फालेलुङका २ सय ९३ घर परिवार र फिदिमका ९५ घर परिवारका लागि राहत उपलब्ध भएको हो । राहतको प्याकेजमा खाद्यान्न,आवास,भाडाकुँडा,प्राथमिक उपचार तथा सरसफाइसँग सम्बन्धित सामग्रीहरू छन् । नगरपालिकालाई प्राप्त भएको राहत पीडितलाई वितरण गर्न सुरु गरिएको फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले जानकारी दिए ।
नेपाल सरकारले पाँचथरको फिदिम नगरपालिका,फालेलुङ गाँउपालिका र फाल्गुनन्द गाउँपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । हेल्भेटासले विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेका पालिकाहरूलाई क्रमशः राहत सामग्री उपलब्ध गराउने हेल्भेटासले जनाएको छ ।
Facebook Comments