तुईन खोलामा पुनः सुक्खा पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

User Image मेयरसाप डेस्क | २०८२ असोज १३ गते ०७:४१
Image of https://mayorsap.com/storage/photos/10/68da39e37cd30.jpg

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोला क्षेत्रमा आज अपरान्ह १२ बजेतिर पुनः सुक्खा पहिरो खसेको छ ।

पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

सूचना अधिकारी आचार्यका अनुसार पहिरो निरन्तर झरिरहेको छ र यसले सडकको करिब ७० मिटर भाग ढाकेको छ । पहिरो पन्छाउनका लागि अहिले दुई वटा मेसिन प्रयोग भइरहेका छन् ।

गत हप्ता पनि सोही स्थानमा पहिरो खस्दा सडक सञ्चालनमा ल्याउन ४८ घण्टा लागेको थियो । चाडपर्व नजिकिएका बेला सडक अवरुद्ध हुँदा यात्रुहरूलाई पुनः सास्ती हुने भएको छ ।


Facebook Comments