दसैँ मनाउन काठमाडौं छाड्नेको लर्को: एकैदिन १ लाख ११ हजार बाहिरिए

User Image मेयरसाप डेस्क | २०८२ असोज १३ गते ०३:०९
Image of https://mayorsap.com/storage/photos/10/68da3dd8d87c9.jpg

काठमाडौं । बडादसैं सुरु भएसँगै काठमाडौं उपत्यका छाड्ने सर्वसाधारणको सङ्ख्या ह्वात्तै बढेको छ । बितेको २४ घण्टामा मात्रै एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, घटस्थापनादेखि आइतबार अपरान्हसम्म कूल चार लाख ६७ हजार मानिसले काठमाडौँ उपत्यका छाडेका छन् ।

यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले भने घटस्थापना यता आठ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिएको बताए ।

उनले अधिकांश सडकमा देखिएको ट्राफिक जामका कारण यात्रुहरूलाई गन्तव्यमा पुग्न समस्या भएको जानकारी दिए ।

यातायात व्यवसायीहरूको अनुरोधपछि ट्राफिक प्रहरीले पनि आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरी निर्वाध यात्राको व्यवस्था मिलाइएको जनाएको छ ।


Facebook Comments