कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल

User Image मेयरसाप डेस्क | २०८२ असोज २७ गते २०:००
Image of https://mayorsap.com/storage/photos/10/68eba2e1b9c62.jpg

काठमाडौं । ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी–२० विश्वकप ‘एसिया एन्ड इस्ट एसिया प्यासिफिक’ छनोटको सुपर सिक्सअन्तर्गत कतारविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गरिरहेको छ । 

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भर्खरै भएको ट्समा कतारका कप्तान मिर्जा मोहम्मद बैगले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएका हुन् । 

नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्सको यात्रा तय गरेको हो । समूह चरणमा नेपालले कुवेत र जापानलाई हराएको थियो । त्यसपछि सुपर सिक्सको पहिलो  खेलमा नेपालले हिजो संयुक्त अरब इमिरेट्स (युएई)लाई एक रनले हराउँदै रोमाञ्चक जित हासिल गरेको थियो ।

आज कतारलाई पराजित गरे नेपालले अर्को वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा स्थान बनाउनेछ ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा,  कुशल मल्ल, गुल्सनकुमार झा, सोमपाल कामी, नन्दन यादव, मोहम्मद आदिल अलाम र सन्दीप लामिछाने रहेका छन् ।  


Facebook Comments