नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य, कप्तान रोहितले हाने अर्धशतक
मेयरसाप डेस्क
|
२०८२ असोज २७ गते २०:४७
काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा कतारलाई १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनायो । कप्तान रोहितले ४१ बलमा ५८ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ रन बनाए । गुल्शन झाले आजपनि ८ बलमा १६ रनको क्यामिओ पारी खेले ।
कतारका लागि कप्तान मिर्जा बेगले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । डानियल लुइसले पनि ३ विकेट लिए । मुहम्मद असिमले १ विकेट लिए ।
नेपालले सुपर सिक्समा आइतबार यूएईलाई हराइसकेको छ । नेपालले १ रनको रोमाञ्चक जित निकालेको थियो । नेपाल अपराजित यात्रा कायमै राख्ने सोचमा हुनेछ ।
Facebook Comments