मानिसहरुलाई भारतमा लगेर मिर्गौला बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ असोज २७ गते ०१:२६
Image of https://mayorsap.com/storage/photos/10/68ad6e6f056cf.jpg

काठमाडौं । नेपाल प्रहरीले मानव अंग बेचबिखनमा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आज सर्वसाधारण मानिसहरूलाई ललाइफकाइ प्रलोभनमा पारी भारतमा लगेर उनीहरुको मिर्गौलाको अवैध बिक्री गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–१६ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने ३४ वर्षीय मोतिलाल तामाङ र सुनसरीको इटहरी नगरपालिका बस्ने ४७ वर्षीय नारायण वन रहेको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहल पठाइएको प्रवक्ता भट्टराईले बताए । 


Facebook Comments