मोरङमा पुरुषको सं*वेदनशील अंगमा प्रहार गर्ने महिला पक्राउ
मेयरसाप डेस्क
|
२०८२ असोज २७ गते ०४:५१
विराटनगर । मोरङमा महिलाले संवेदनशील अंगमा प्रहार गर्दा ३२ वर्षीय पुरुष घाइते भएका छन् । मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलमा सोमबार बेलुका करिब ५ बजे आफूलाई भेट्न डेरामा आएका पुरुषमाथि ती महिलाले धारिलो हतियारले आक्रमण गरेकी हुन् ।
महिलाको आक्रमणबाट पुरुषको संवेदनशील अंगमा गम्भीर चोट लागेको र हाल नोबेल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको आईसीयूमा राखेर उपचार भइरहेको छ। धारिलो हतियार प्रहार गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइते पुरुषको घर जहदा गाउँपालिका– ३ मा पर्छ भने महिला पनि सोही ठाउँको भएपनि हाल कटहरीको आदर्श टोलमा बस्दै आएकी थिइन्। प्रहरी स्रोतका अनुसार विवाहहेतर सम्बन्धका कारण घटना भएको देखिन्छ । घट्नाबारे अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
Facebook Comments