बहुविवाह मुद्दामा दोषी ठहर भएका नेता शेर्पा कारागार चलान

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक १९ गते २०:०४
Image of https://mayorsap.com/storage/photos/shares/pasang-sherpa.jpg

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह मुद्दामा दोषी ठहर भएपछि आज डिल्लीबजार कारागार चलान भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, मङ्गलबार धुम्बाराहीबाट पक्राउ परेका शेर्पालाई बुधबार फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइएको थियो । अदालतले उनलाई १ वर्ष कैद र रु ५ हजार जरिवाना तोकेको छ ।

बहुविवाहको मुद्दाबारे यसअघि बसेको एमाले सचिवालय बैठकमा सचिव योगेश भट्टराईले शेर्पालाई सांस्कृतिक विचलनको आरोपमा निलम्बन गर्नुपर्ने माग गरेका थिए । यद्यपि, अध्यक्ष केपी शर्मा ओलीले यो विषयलाई सामान्य भन्दै निलम्बन नगर्ने अडान लिएका थिए ।

शेर्पा अशोक राईसँग छुटेपछि डा.बाबुराम भट्टराईको पार्टी, माओवादी केन्द्र हुँदै पछिल्लो समय एमालेमा सक्रिय थिए ।


Facebook Comments