जेन–जी आन्दोलनमा आगजनी गरेको आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

यसअघि नै पाण्डे धरौटीमा छुटेका थिए

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २५ गते २१:५२
Image of https://mayorsap.com/storage/photos/shares/rsp-jhole.jpg

पोखरा । पोखरामा जेन–जी आन्दोलनका क्रममा माइकिङ गर्दै मानिसहरूको घर तोडफोड गर्न अपिल गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता विक्रम भन्ने अभिमन्यु पाण्डे पक्राउ परेका छन् ।

कास्कीका जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरि बस्नेतका अनुसार पाण्डेले पृथ्वीचोकस्थित शहीद लखन थापाको सालिक फुटाउने र व्यवसायी बिन्दु थापाको घरमा आगजनी गर्ने सम्मको गतिविधिमा सक्रिय भूमिका खेलेका थिए । 

पाण्डे पोखरामा सञ्चालित संघर्षशील सहकारीका अध्यक्ष समेत थिए । उनी यसअघि नै सहकारी संस्थाको रकम अपचलन गरेको मुद्दामा पक्राउ परेर धरौटीमा छुटेका व्यक्ति हुन् ।

प्रहरीले उनलाई मंगलबार (आज) बिहान पक्राउ गरेको हो । प्रवक्ता डिएसपी बस्नेतले पाण्डेविरुद्ध आपराधिक उपद्रव मुद्दा चलाइने जानकारी दिएका छन् ।


Facebook Comments