महाभियोग आए सामना गर्न तयार छु : सभामुख मण्डल
'पद मेरो लागि ठूलो विषय होइन'
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २५ गते १९:०७
जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले आफूविरुद्ध महाभियोगको प्रस्ताव आए त्यसको सामना गर्न तयार रहेको स्पष्ट पारेका छन् ।
मंगलबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सभामुखविरुद्ध महाभियोग लगाउनु सांसदहरूको स्वतन्त्रताको विषय रहेको बताए ।
शनिवार उनले दलीय कार्यकर्ताले जसरी प्रदेशसभा सञ्चालन गरेको आरोप लागेको थियो । यही विषयमा उनीविरुद्ध महाभियोगको चर्चा भइरहेका बेला सभामुख मण्डलले पद ठूलो विषय नभएको भन्दै कमजोरी भए राजीनामा दिन पनि तयार रहेको बताएका छन् ।
उनले भने, ‘मेरा लागि पद ठूलो विषय होइन । यदि सांसदहरू आएर कारणसहित राजीनामाका लागि आग्रह गर्छन् भने त्यसमा विचार गर्न सक्छु ।’
यद्यपि, सभामुख मण्डलले शनिवारको घटनालाई नै इस्यु बनाउने काम गरेमा सांसदहरू उल्टै कारबाहीमा पर्न सक्ने चेतावनीसमेत दिए ।
Facebook Comments