हेटौंडामा जेनजी आन्दोलनमा तो*डफोड तथा आ*गजनी गर्ने ५ जना पक्राउ

User Image दिक्षान्स खड्का | २०८२ कार्तिक २६ गते २२:२७
Image of https://mayorsap.com/storage/photos/shares/Arrest-1_DV8Y21Yhja_Z9DwgP4Ka4.jpg

मकवानपुर । मकवानपुरमा गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र आपराधिक उपद्रवमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परका छन् ।  

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराका अनुसार आन्दोलनका क्रममा हेटौंडा उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ वर्षीय सुशील पौडेलको घरमा आगजनी तथा तोडफोडमा संलग्न रहेको आरोपमा ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र राना मगरलाई नियन्त्रणमा लिइएको हो।

त्यस्तै, सोही दिनको आन्दोलनका क्रममा बागमती प्रदेश सभा सचिवालयको भवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको भवनमा तोडफोड तथा आगजनी गर्ने कार्यमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्।

तीमध्ये सर्लाही बरथवा नगरपालिका–१ निवासी २७ वर्षीया पुनम ठाकुर, सोही स्थानका २७ वर्षीय प्रमोद महतो र हेटौंडा उपमहानगरपालिका–८ निवासी ४३ वर्षीय सागर घताने (रोम बहादुर घताने) रहेका छन्। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आन्दोलनका नाममा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गर्ने कार्य कानुन विपरीत भएको र यस्ता घटनामा संलग्न जोकोहीमाथि कानुनी कारवाही गरिने प्रहरी उपरीक्षक बोहोराले बताए ।  


Facebook Comments