पोर्चुगलमा कामदार भिसा बन्दः ठगीबाट बच्न दूतावासको अनुरोध
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २७ गते २३:२०
काठमाडौं । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ ।
दूतावासले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै यही कात्तिक ६ गते (२३ अक्टोबर २०२५) देखि लागू हुने गरी पोर्चुगल सरकारले उच्च दक्षबाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको अवस्थामा सावधानि अपनाउन आग्रह गरेको हो ।
नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई पोर्चुगलमा काम लगाइदिने बाहानामा ठगी धन्धा भइरहेको जानकारी प्राप्त भएकाे भन्दै दूतावासले यस्ता गैरकानुनी गतिविधि नगर्न र त्यसमा सामेल नहुन चेतावनी दिएको छ ।
कामदार भिसा बन्द गरिसकेको अवस्थामा त्यस किसिमका भिसा प्रयोग गरी कोही पनि पोर्चुगल जान नपाउने समेत दूतावासले जनाएको छ ।
Facebook Comments