नवनियुक्त आईजीपी कार्कीलाई दर्ज्यानी चिह्न प्रदान
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २७ गते २१:४८
काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहकाबीच कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
उनलाई गृह सचिव रामेश्वर दंगालले दर्ज्यानी चिह्न लगाइदिए । प्रहरीको ३३औं आईजीपीका रुपमा कार्कीले बिहीबारदेखि नै आफ्नो कमाण्ड सम्हाल्नेछन् ।
३० वर्षे सेवा अवधिका कारण अघिल्ला आईजीपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा गएका छन् । खापुङ अवकाशमा जानुअघि नै कात्तिक २५ गतेको मन्त्रिपरिषद बैठकले आईजीपीमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
Facebook Comments