पत्रकार महासंघकी अध्यक्ष शर्माको कार्यकक्षमा कसले लगायो ताला ?
मेयरसाप डेस्क
|
२०८२ मंसिर १ गते ०१:२१
काठमाडौं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको कार्यकक्षमा ताला लगाइएको छ ।
सोमबार सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा असन्तुष्ट पत्रकारहरूले अध्यक्ष शर्माको कार्यकक्षमा ताला लगाएका हुन् ।
पत्रकारहरुले महासंघ विधानअनुसार चल्न नसकेको, केन्द्रीय समिति बैठक आव्हान गरेर देशभरबाट सदस्यहरू काठमाडौं आए पनि सल्लाहकार नियुक्ति विवाद निकालेर बैठक नबसेको भन्दै अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको बताएका छन् ।
Facebook Comments