आज सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १ गते ०८:५६
Image of https://mayorsap.com/storage/photos/shares/gold9.jpg

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । आज सुन ५ सयले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज ५ सयले बढेर २ लाख ४३ हजार ३ सयमा कारोबार भइरहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले बढेको हो । चाँदी आज ३ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको छ ।


Facebook Comments