मधेश प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले ती सांसदहरू पदमुक्त गर्ने सभामुखको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।
मेयरसाप डेस्क
|
२०८२ मंसिर १ गते १८:१९
जनकपुरधाम । मधेश प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। सभामुख रामचन्द्र मण्डलले कात्तिक २७ गते जनता समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीका पाँच सांसदलाई पदमुक्त गरेका थिए।
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले ती सांसदहरू पदमुक्त गर्ने सभामुखको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।
पदमुक्त गरिएका सदस्यहरूमा मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन साह कलवार, शारदा शङ्कर साह कलवार (जसपा), उर्मिला सिंह (नागरिक उन्मुक्ति) रहेका छन् ।
उनीहरू प्रदेशसभाको बैठकमा लगातार १० दिन अनुपस्थित रहेको भन्दै सभामुखले पदमुक्त गरेका थिए। सभामुखको निर्णयविरुद्ध उनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
Facebook Comments